लालझाडी   शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा  चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन्।

एक्कासी सुरु भएको वर्षासँगै आएको चट्याङमा परेर गर्भवती समेत रहेकी लालमती राना तिल्कीपट्टिको बगरमा लगाइएको तरकारी टिप्न गएकी थिइन्।गम्भिर घाइते भएका श्रीमान् रतनको उपचारका लागि उद्धार भइरहेको छ। बिहानै बगर खेतीमा लगाइएको तरभुजा टिप्न गएको बेला चट्याङ लागेर ज्यान गएको वडा नम्बर १२ का वडाध्यक्ष नवल सिंह रानाले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ।