नरेश राना /कञ्चनपुर – रानाथारु भाषा र साहित्यको प्रवर्द्धन तथा संरक्षणका लागि समर्पित दोस्रो अन्तर्राष्ट्रिय रानाथारु भाषा साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन मा राना कला संस्कृति संरक्षण तथा विकास मञ्च को आयोजना मा राना थारू प्रज्ञा प्रतिष्ठान को सहयोग मा सो सम्मेलन सम्पन्न भएको थियो । सम्मेलन मा सभाध्यक्ष राना कला संस्कृति संरक्षण तथा विकास मञ्च अध्यक्ष नारायण राना रहनु भएको थियो। प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मिया रहनु भएको थियो भने विशिष्ठ अतिथि सविधान सभा सदस्य कृपा राम राना,भूमि समस्या समाधान आयोग विज्ञा सदस्य कमल सिंह राना सम्मेलनमा नेपाल, भारत, र अन्य देशहरूबाट रानाथारु भाषा, साहित्य, संस्कृति तथा इतिहासमा रुचि राख्ने लेखक, विद्वान्, अनुसन्धानकर्ता, तथा भाषा अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



कार्यक्रममा रानाथारु भाषाका मौलिक रचना वाचन, अनुसन्धानपत्र प्रस्तुती, , तथा भाषा संरक्षण सम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिए। सहभागीहरूले रानाथारु भाषालाई औपचारिक शिक्षामा समावेश गर्नुपर्ने आवश्यकता, भाषिक विविधताको संरक्षण, रानाथारु युवाहरूमा भाषाप्रति अभिरुचि बढाउने उपायहरूबारे छलफल गरेका थिए।
समेलनले रानाथारु भाषा संरक्षणको लागि अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, शैक्षिक पाठ्यक्रममा रानाथारु भाषालाई स्थान दिने, र भाषिक अनुसन्धानलाई प्रवर्द्धन गर्ने निर्णय पनि गरेको छ।सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँ ज्यूले कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गरिरहनु भएका राना थारु समाजको संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन आवश्यक रहेको बताउनु भएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय रानाथारु भाषा साहित्य सम्मेलन २०२५ लाई उद्घाटन गर्दै माननीय प्रदेश प्रमुख ज्यूले राना थारु समुदायका भाषा, , संस्कृति र पहिचान जोगाउन आवश्यक रहेको समेत बताउनु भएको हो ।
उहाँले राना थारु समाजको संस्कृति र पहिचान पौराणिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको बताउनु भएको थियो ।
रानाथारु समुदायको भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिइएको सम्मेलन दुई दिनसम्म जारी रहने छ ।
उद्घाटन सत्रमा माननीय प्रदेश प्रमुखसँगै संविधान सभा सदस्य कृपाराम राना, प्रज्ञ दिल्ली आचार्य, डा.निर्मलमणि अधिकारी, राजन मुकारुङ उपस्थित हुनुहुन्थ्यो । त्यस्तै भारतबाट डा. प्रेमसिंह राना र ओमप्रकाश रानासहित रानाथारु भाषा विज्ञ, साहित्यकार, अनुसन्धानकर्ता र सांस्कृतिक अभियन्ताहरूको सहभागिता रहेको छ। सम्मेलन आयोजक समितिका संयोजक पदम रानाले रानाथारु भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा रानाथारु भाषा सम्बन्धी अनुसन्धान पत्र प्रस्तुति, कविता तथा कथा वाचन, होरी गीत, साथै, रानाथारु भाषामा प्रकाशित पुस्तकहरूको प्रदर्शनी पनि गरिनेछ।
स्थानीय सरकार, रानाथारू समाज तथा विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो ।






