नरेश राना / कञ्चनपुर

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ सिकलपट्टी जाई को खानेपानी को हल मा २ दिने सुरक्षित खानेपानीको सुनिश्चतता का लागि पूर्व सजकता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। खानेपानी ,सरसफाई स्वच्चता एकाई लालझाडी गाउँपालिका को आयोजनामा UNICEF नेपाल धनगढी को सहकार्य मा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रम लाई सिकलपट्टी खानेपानी तथा सरसफाइ का अध्यक्ष भरत चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।प्रमुख अतिथि लालझाडी गाउँपालिका का वडा नं  ४ का वडा अध्यक्ष बहादुर राना रहनु भएको थियो। 

कार्यक्रम मा जनप्रतिनिधि ,सिकलपट्टी खानेपानी तथा सरसफाइ का पधाधिकारी,भलमन्साहरुको उपस्थिति रहेको थियो। कार्यक्रम मा खानेपानी को समस्या ,शुद्ध खानेपानी , सरसफाई को बारेमा UNICEF नेपाल का वस अफिसियर विश्वराज भट्ट ले सहजीकरण गर्नु भएको थियो। कार्यक्रम लाई खानेपानी सरसफाई तथा स्वच्छता ईकाई लालझाडी संयोजक दुर्गा प्रसाद ढुंगाना ले सञ्चालन गर्नु भएको थियो।