नरेश राना / लालझाडी
कञ्चनपुर को लालझाडी गाउँपालिका मा क्षय रोग मुक्त अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।सन् १८८२ मा क्षयरोग पता लागेको थियो।“ हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौ ।लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चिता, आजको आवश्यकता ” भन्ने मुल नारा का साथ विश्व क्षयरोग दिवस -२०२५ को अवसरमा क्षयरोग र क्षयरोग मुक्त अभियान कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज चैत्र महीना को ११गते (March 24 , 2025) का दिन लालझाडी गाँउपालिकामा सम्पन्न गरीएको छ ।




लालझाडी गाउँपालिका मा अहिले रिपोर्ट अनुसार जम्मा ५० जना टिवि रोग ले ग्रसित रहेको स्वस्थ शाखा संयोजक खगेन्द्र चौधरी ले जानकारी गराउनु भएको थियो। कार्यक्रम लालझाडी गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की ले समापन गर्नु भएको थियो।










