लालझाडी –लालझाडी गाँउपालिकाले ५ हजार घरधुरीका घरमूलीको विमा गर्ने भएको छ । लालझाडी गाँउपालिकाले गाँउपालिका भित्र बसोबास गर्ने ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमान गर्ने भएको हो । बुधबार ५ हजार घरधुरीका घरमूलीको म्यादी जीवन विमा गर्नका लागि लालझाडी गाउपालिका अध्यक्ष निर्मल रानाले प्रभु महालक्ष्मी ईन्स्युरेन्स कम्पनीसंग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

विमा कार्यक्रमका लागि विभिन्न प्राबिधिक सहयोग बिएनएस ग्रुप अफ कम्पनीको रहने सम्झौतामा उल्लेख गरीएको छ । पालिका भित्रका स्थानीयको विभिन्न प्रकारका घट्ना दुर्घट्ना तथा घातक रोग लागी हुन सक्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै लालझाडी गाँउपालिकाले ५ हजार घरमुलीको म्यादी जीवन विमा गर्न लागेको पालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।

म्यादी विमाले विमितलाई विभिन्न १५ प्रकारका घातक रोगबाट हुने मृत्यूमा र दुर्घट्नाबाट हुने मृत्यूमा विमा रकम गर्नसकिने ईन्स्युरेन्स कम्पनीले जनाएको छ । प्रभु महालक्ष्मी जीवन विमा कम्पनीले विमाकरारनामामा उल्लेख गरीए अनुसारको विमा रकम विमितले प्रभु महालक्ष्मी लाईफ ईन्स्युरेन्स बेलौरी शाखा प्रमुख राम प्रबेस रानाले बताउनुभयो । उनका अनुसार म्यादी विमाले रोगबाट हुने जोखिम कभर गर्नेछ ।

प्रतिक्रिया