नरेश राना / कञ्चनपुर 

 कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ को कार्यलय मा निडस् नेपाल को २६ औं स्थापना दिवसको अवसरमा आई.पी. एम. कृषक पाठशाला समापन भएको थियो। कार्यक्रम लाई  अस्ट्रेलियन आईडी तथा कारिदाश ले सहयोग गर्नु भएको थियो ।

कार्यक्रम मा सभापति निडस नेपाल का अध्यक्ष दुर्गा खरेल रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना,विशिष्ठ अतिथि लालझाडी गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की, अतिथि लालझाडी गाउँपालिका का वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना,२ का वडा अध्यक्ष आशाराम राना,वडा नं ५ का वडा अध्यक्ष पहल बहादुर थापा,वडा नं ६ का वडा अध्यक्ष हर्क नारायण जोशी, कार्यपालिका सदस्य भानु मा.वि. का प्रधानाध्यापक वेद प्रकाश उपाध्याय , करिदाश का कार्यक्रम अधिकृत छेगुरा चौधरी ,रहनु भएको थियो ।

कार्यक्रम मा आई, पी, एम कृषक पाठशाला ले विभिन्न सांस्कृतिक नृत्य सँगै नाटक प्रदर्शन गर्नु भएको थियो। कार्यक्रम मा निडस नेपाल ले यो वडा मा भएका अपाङ्गता विद्यार्थी भाई बहिनी लाई झोला तथा कपी वितरण गर्नु भएको थियो।प्रमुख अतिथि ले आज भोलि का आन् वाली मा विभिन्न किसिमका विषादी हालेर उब्जनी बढाई रहेका छन् भने अर्को तिर हाम्रो शरीर लाई विभिन्न किसिमका रोग ले आक्रमण गर्ने भइरहेको र पहिले का पुर्खा हरुले अर्गानिक तरकारी, अनबाली खाएर वर्षौं दिन बचेको गरेको पाइएको थियो । त्यसै ले सकें सम्मा अर्गानिक वस्तु खाने हामी सबै लाई जानकारी गराऊ भनेर जानकारी दिनु भएको थियो।साथै निडस संस्था ले लालझाडी गाउँपालिका मा दैविक प्रकोप ,विभिन्न ठाउँमा सहयोग गरी यस ठाउँमा मा जीवन उसक्नको निम्ति काम गरेको ले धन्यबाद दिनु भएको थियो।

कार्यक्रम लाई निडस  नेपाल की पुर्व अध्यक्ष अन्जु भट्ट स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रम लाई  सरस्वति पूरी ले सञ्चालन गर्नु भएको थियो।