कञ्चनपुर । बेदकोट नगरपालिका–७ सुडामा कोठा भाडामा बस्ने सुस्मिता चौधरीले चार वर्षको छोरा छाडी सम्पर्क विहीन भएकी छिन्। बेलौरी नगरपालिका–१० भुडा घर भएका कान्छू चौधरी सँग ५ वर्ष अगाडी २०७५ सालमा सुस्मिता चौधरीले विवाह गरेकी थिइन ।
कान्छु श्रीमती र छोरासहित बेतकोट नगरपालिका ७ सुडामा बस्दै आएका थिए। दुबै उतै काम गरिरहेका थिए ।
कान्छू चौधरीले भने अनुसार, भदौ ८ गते सुस्मिताले काममा जान्छु भनेर घरबाट निस्किएकी थिइन्। तर पछि थाहा भए अनुसार उनी काममा नगई परपुरुषसँग भागेकी छिन्।
कान्छूका अनुसार, सुस्मिता डडेल्धुराको पर्शुराम नगरपालिका–७ लमिडाडा बस्ने रोहित धामीसँगै गएकी हुन्।

कान्छूले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा भदौ ८ गते मानिस झिकाइ पाउ भनी निवेदन दिएका थिए।
उनका अनुसार, सुस्मिता र रोहित भारतको दिल्लीमा रहेको खबर पाएका थिए तर अहिले उनी कहाँ छिन् भन्नेबारे कुनै जानकारी छैन।
सुस्मिताको चार वर्षको छोरा घरमा आमा खोजिरहेको छ। प्रहरीले सुस्मिताको खोजी कार्य जारी राखेको छ।






