कञ्चनपुर, फागुन १६
कञ्चनपुरको बेलौरी नगरपालिका विपन्न नागरिकलाई घर उपहार पाईएको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ९ र १०का अति विपन्न नागरिकलाई सुरक्षित आवास घर उपहार पाईएको हो ।
चालु आर्थिक बर्ष ०८१÷०८२मा नगर प्रमुख सुुरक्षित आवास कार्यक्रम अन्र्तरगत अर्धपक्की घर निर्माण गरिएका थिए । बेलौरी नगरपालिकाले सुरक्षित आवास निडस नेपालसंगको संयुक्त साझेदारीमा उक्त सुरक्षित आवास निर्माण गरेका थिए ।
बेलौरी नगरपालिका रतनपुरका १० र भुडाका ५ विपन्न नागरिकका घर निर्माण गरिएको हो । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाले ३लाख र निड्स नेपालले २ लाख गरेर दुई कोठा निर्माणय्ुक्त घर हस्तान्तरण गरेको बताए । उनका अनुसार विपद्को उच्च जोखिममा परेका, आदिवासी जनजाती, थारु दलित सहितका विपन्न परिवारका लागि घर निर्माण गरिएका छन ।
घर हस्तान्तरण गर्दै मेयर चौधरीले स्थानीय सरकारले निड्स नेपालसंगको सहकार्यमा नागरिकलाई सुरक्षित बाँच्नका लागि घर निर्माण गरिदिएको बताए । कच्ची घरमा कष्टकर जिवन विताउँदै आएका विपन्न परिवार हर्षित भएका छन ।
बेलौरी चौधरीले लगत्र्तै बेलौरी ५, ६, ७ र ८का विपन्न समुदायका लागि घर निर्माण गरिने बताए । बिहीबार एक कार्यक्रमका विच उक्त घर हस्तान्तरण गरिएका छन । उक्त हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधी, निड्स नेपालका पदाधिकारी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।






