धनगढी ;
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा गएकी धनगढीकी एक महिला सम्पर्कविहीन भएककी छिन् ।
सम्पर्कविहीन हुनेमा धनगढी उपमहानगरपालिका १० की ४५ वर्षीय बिख्मा राना रहेकी छन्।
मेलामा पानी किन्न भनेर गएकी त्यस पछि सम्पर्क विहिन भएकि रानाका पति राधे श्याम रानाले बताए ।
निरन्तर खोजी गरे पनि हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन।
यसबारे भारतीय स्थानीय प्रहरीमा निवेदन दिइएको र खोजी कार्य जारी रहेको उनका आफन्तले जानकारी गराएका छन्। साथै फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकी अथवा 9804633580 +917483457011, +919980459402 नम्बरमा सम्पर्क गरि जानकारी गराउन अनुरोध गरेका छन ।






