कंचनपुर अन्तर्राष्ट्रिय एसियन एम्पुटी च्याम्पियनसिप खेलेर फर्किएका नेपाल एम्पुटी फुटबलका सदस्य धनबहादुर महता (बिकाश) लाई नेपाल पत्रकार महासंघ कंचनपुरले एक विशेष कार्यक्रम बिच भव्य स्वागत गरेको छ।
मंगलबार गृह जिल्ला पुगेका महता लाई बिहीबार एक कार्यक्रमका साथ नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले कार्यालयमा दोसल्ला ओढाएर स्वागत गरेको हो।
एम्पुटी फुटबलमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पहिलो पटक गएको नेपाल एम्पुटी फुटबल टिमले नेपालको प्रतिनिधित्व गर्दै बङ्गलादेशको राजधानी ढाकामा आयोजित एसियन च्याम्पियनसिपमा सहभागी भएका थिए।स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघ कंचनपुरका अध्यक्ष सुरेश धामीले महताको योगदानको सराहना गर्दै खेलकुदको क्षेत्रमा गरेको प्रयासले जिल्लाको मात्र नभई देशको नाम पनि उचो बनाएको बताए।
कार्यक्रममा स्थानीय पत्रकार, खेलप्रेमी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। धनबहादुर महताले पाएको सम्मान प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ मेहनत गर्ने प्रतिबद्धता जनाए। उनी ग्रामीण क्षेत्रबाट खेलकुदको यात्रा सुरु गरेका महता अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सफल भएका छन।






