नरेश राना 

कञ्चनपुर, ७फागुन

कञ्चनपुरको लालझाडीमा एक जंगली हात्ती मृत फेला परेको छ । 

बुधबार बिहान ७ बजेतिर लालझाडी गाँउपालिका ४ जाई  र पर्सिया  को बीच गाँउ सडक किनारमा हात्ती मृत फेला परेको हो । 

बृद्ध हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरी, वनका कर्मचारीलाई खबर गरेका थिए । 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी चौधरीले जंगली हात्ती मृत फेला परेको बताए । उनले हात्तीको मृत्युको कारण बुझ्नका लागि प्राविधिक टोली सहित घटना स्थल जान लागेको बताए । 

गत असोजदेखि जंगली हात्तीले लालझाडी क्षेत्रमा मानिसदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय त्रसित भएका थिए । आज एकाबिहानै हात्ती लालझाडी टु शुक्लाफाँटा निकुञ्ज कोरिडोर क्षेत्रमा मृत फेला परेपछि झन त्रसित भएका छन ।