कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीको निधन भएको छ । शिक्षण पेशाबाट निजमातीमा आएका जोशीको हृदयघातका कारण निधन भएको बताइएको छ ।
भीमदत्त नगरपालिका १ बाराकुण्डामा जोशी जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन कार्यालय आएपछि कार्यालय प्रमुख भएका थिए ।
जोशीको निधनमा विभिन्न क्षेत्रका व्यक्तिले शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।






