तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । सव्य भब्य समापन समारोह बीच प्रतियोगिता लालझाडी गाउँ पालिका को वडा नम्बर ५ देखतभुलीको खेल मैदानमा सम्प्न्न भएको थियो।

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को दुइ वटा फाइनल खेल भएका थिए । भेट्रान तर्फ कृष्णपुर -०३ ले लालझाडी ४ लाई १ गोलले हराएको थियोे । कृष्णपुर ३ ले नगद ११,००० ,ट्रफी र एउटा खसी हात पार्यो । उपबिजेता भएकोमा लालझाडी-०४ देखतभुली जाइ एउटा खसी र ट्रफी मा चित बुझाउनु पर्यो ।


त्यसै गरि युवा तर्फ झिलमिला युवा समाज बेलडाडी-०५ ट्राइबेकर मा (४-२)गोलले लालझाडी ४ संग बिजयी भयो । विजेता टिम झिलमिला युवा समाजले नगद १,२१,१२१ ,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।उपबिजेता टिम लालझाडी-०४ देखतभुली जाइले नगद ७१,१७१, ट्रफि मेडल र प्रमाणपत्र पायो ।




समारोहका प्रमुख अतिथि तथा लालझाडी गाउपालिका अध्यक्ष निर्मल राना खेलाडी हरु लाई बधाई दिदै अध्यक्ष कप प्रतियोगिता लाई निरंतरता दिने बताए । यसले कंचनपुर मात्रै नभई नेपाल कै लागि खेलाडी उत्पादन गर्न सहयोग गरेको भन्दै अगामी वर्षमा बजेट बढाउने जिकिर गरे । खेलको महत्त्व सबैले बुझ्नु पर्ने , खेल ले लागु औषध तथा दुर्ब्यसनी बाट बच्न सहयोग गर्ने भएकोले सबै मिलि खेलकुदको बिकास गर्नु पर्ने बताए ।






