पुजा डागौरा

कञ्चनपुर, २५  माघ/                                                 थारु विद्यार्थी समाज कंचनपुरको अध्यक्षमा सुरत थारु चयन  भएको छ । जिल्लाको कंचनपुर भिमदत्त नगरपालिकामा  भएको थारु विद्यार्थी समाज जिल्ला कमिटी गठनमा नयाँ कार्य समिति चयन गरेको छन। 

जिल्ला कमितिमा सुरत थारूको अध्यक्षमा १३ सदस्यीय  कार्य समिति चयन भएको छ । जिल्ला समितिको उपाध्यक्षमा लक्ष्मि डगौरा, सचिवमा अरुण डगौरा, र कोषाध्यक्षमा पुजा डगौंरा  निर्वाचित भएका छन् । 

उक्त सदस्यमा सुशील चौधरी, दिलमाया  चौधरी, रितु चौधरी, सिमा र बबिता चौधरी चयन हुनु भएको छ । अझ थप  सदस्य अर्को कार्य समितिको बैठकले मनोनित गर्नेछ ।