पुजा डागौरा
कञ्चनपुर, २५ माघ/ थारु विद्यार्थी समाज कंचनपुरको अध्यक्षमा सुरत थारु चयन भएको छ । जिल्लाको कंचनपुर भिमदत्त नगरपालिकामा भएको थारु विद्यार्थी समाज जिल्ला कमिटी गठनमा नयाँ कार्य समिति चयन गरेको छन।
जिल्ला कमितिमा सुरत थारूको अध्यक्षमा १३ सदस्यीय कार्य समिति चयन भएको छ । जिल्ला समितिको उपाध्यक्षमा लक्ष्मि डगौरा, सचिवमा अरुण डगौरा, र कोषाध्यक्षमा पुजा डगौंरा निर्वाचित भएका छन् ।
उक्त सदस्यमा सुशील चौधरी, दिलमाया चौधरी, रितु चौधरी, सिमा र बबिता चौधरी चयन हुनु भएको छ । अझ थप सदस्य अर्को कार्य समितिको बैठकले मनोनित गर्नेछ ।






