कञ्चनपुरमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण फुटबल खेल जारी रहेको छ ।

जारी खेलमा  आठौं दिनमा दुई ओटा खेल भएका छन् ।जसमा युवा तर्फको पहिलो खेलमा झिलमिला युवा समाज बेलडाँडी-०५ र लालझाडी-०४ B टीम बीच भएको थियो ।सो खेलमा बेलडाँडी-०५ ले ५गोल र लालझाडी-०४B टिम ० गोलमा सीमित रहेपछि बेलडाँडी सेमीफाइनल पुग्न सफल भएको छ,र उक्त खेलका म्यान अफ दा म्याच बिराज ओखेडा भएका थिए ।

त्यसैगरी युवा तर्फको दोस्रो खेलमा लालझाडी-०४ A  (३/१) गोलको अन्तरले लालझाडी-०३ लाई हराएर खेल आफ्नो पक्षमा लिई सेमिफाइनलमा प्रवेश हुन सफल भएको छ। भने,सो खेलका म्यान अफ दा म्याच राममिलन राना भएका थिए।

भोलि २४ गते हुने खेल  अर्थात नवौं दिन को खेल 

समय:१:०० बजे हुने 

SYC दैजी बेदकोट-०३ Vs झिलमिला युवा समाज बेलडाडी-०५ 

तेस्रो लालझाडी अध्यक्ष कपको फाइनल खेल यही माघको २६ गते हुने , भनेर लालझाडी खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले बताए ।