ज्ञानु राना/धनगढी: धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहरा गाउँको रामभगत टोलमा राति परालमा आगलागी भएको छ। हरिचन्द रानाको परालमा करिब राति ९:३० बजे आगलागी भएको हो।

आगो निभाउन मनेहरा गाउँका स्थानीय बासिन्दा र दमकल टोलीको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट ठूलो जनधनको क्षति नभए पनि पराल नष्ट भएको स्थानीयले बताएका छन्।
मनेहरा गाउँका स्थानीयका अनुसार १५ दिनको अन्तरालमा गाउँमा तीन वटा घरमा आगलागीको घटना भइसकेको छ। यसले गर्दा गाउँमा त्रासको अवस्था सिर्जना भएको छ। आगलागीको कारण खुलेको छैन भने यसबारे थप अनुसन्धान भइरहेको छ।
स्थानिय बासिन्दाहरूले यस्तो घटना बारम्बार दोहोरिन नदिन सजगता अपनाउनुपर्ने बताएका छन्।






