धनगढी । रसुवा भोटेकोसी बाढी प्रभावितहरूका लागि धनगढी उपमहानगरपालिका वडा नं २ को कार्यालय द्वारा नेपाल रेडक्रस सोसाइटी बैयाँबेहडी उपशाखा र बैयाँबेहेडी युवा क्लबको समन्वय तथा सहकार्यमा संचालित राहत संकलन अभियान अन्तर्गत संकलन गरिएको रकम र राहत सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।


अभियान मार्फत संकलन गरिएको ६० हजार रकम प्रधानमन्त्री दैव प्रकोप कोषमा जम्मा गरिएको छ भने राहत सामाग्री धनगढी उपमहानगरपालिका वडा नं २ का अध्यक्ष श्री धर्मराज ओझा ले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा,कैलालीलाई हस्तान्तरण गर्नुभएको छ ।


हस्तान्तरण गरिएका सामाग्रीहरुमा चामल २५ केजीको ७२ कट्टा,चाउचाउ २२ पेटी,तेल ५ पेटी,दाल २ कट्टा,सानो,बालबालिकाको चप्पल १२ पिस,लेडिज चप्पल १२ पिस,डस्ना १३ पिस,तन्ना मोटो १० पिस,ब्ल्याङकेट ७ पिस,सिरानी ८ पिस,भुजा,चिउरा,सोयाबिन लगायतका सामाग्रीहरु सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी बैयाँबेहडी उपशाखाका सदस्य राजेन्द्र रैका ले जानकारी दिनुभयो ।
विपद्को समयमा बाढी प्रभावितहरुलाई राहत पुगोस भन्ने उद्देश्यले सामाग्री सहयोग र रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त अवसरमा जानकारी गराईएको थियोे ।

सेयर कर दियो ।