कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार: दुई जना पक्राउ, दुई फरार

२०८१ माघ १४, सोमबार १६:४९
कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार: दुई जना पक्राउ, दुई फरार


धनगढी । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका- १ बस्ने १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।

उनकाअनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो। भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन्।
उनीहरू चारै जनाले २२ मंसिरमा किशोरीमाथि सामूहिक बलात्कार गरेपनि ढिलोगरि प्रहरीलाई खबर आएको हो।
उनीहरूविरूद्व जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।