कञ्चनपुर– जिल्लाकाे महेन्द्रनगर स्थित एक डान्सबारबाट पेस्ताेल सहित ४ भारतिय नागरिक पक्राउ परेका छन् । बुधबार भीमदत्त नगरपालिका वडा नं. ६ स्थित चाँदनी डान्सबारमा पसेका पेस्तोल सहित ४ जना भारतीय नागरिक पक्राउ परेका हुन।

ति हतियारधारी भारतीयले डान्सबार भित्र नेपाली नागरिकमाथि पेस्तोल साेज्याएपछि घटनाबारे कञ्चनपुर प्रहरीलाई खबर गरिए पश्चात उनीहरूलाई डान्सबारबाटै पक्राउ गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जाेशीका अनुसार बुधबार राति ९ बजेतिर एक थान पेस्तोल सहित ४ जना भारतिय नागरिकलाई डान्सबारबाट पक्राउ गरिएकाे थियाे।

पक्राउ पर्नेमा प्रेमनगर खटिमाका ३१ बर्षिया संजय जेठी ३४ बर्षिया जीवन सिह, ३२ बर्षिया कोमल विष्ट र ३४ बर्षका उमेद सिंह अधिकारी रहेका छन् । उहाँका अनुसार तिनीहरूकाे साथबाट जेड.आर.ए.के.आइ.एमओडी.९१४ माेडलकाे एक थान पेस्ताेल र यु.के. ०६ ए.आर ८४६ नम्बरको गाडी समेत बरामद गरिएको बताए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे हिरासतमा राखेर थप अनुसन्धान भईरहेकाे प्रबक्ता जाेशीले बताए ।

ती भारतिय हतियारधारी नागरिक बनबासा नाकाबाट खुलेआम पेस्तोल बोकेर आएका हुन । यस घटनाले जिल्लाकाे सिमा क्षेत्रकाे शान्ति सुरक्षामा चुनाैति थपेकाे छ ।