मान बहादुर राना/ लालझाडी
कञ्चनपुर को लालझाडी गाउपालिका वडा नम्बर ६ मा रहेकाे नविल बैंक चान्देव शाखाले लालझाडी ६ स्थित श्री रामेश्वर मा वि का गरिव असहाय, टुहुरा बालबालिकाहरूलाई न्यानाे कपडा सहयाेग गरेको छ ।बैंक ले आफ्नो सँस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत न्यानाे कपडा बिध्यालय लाई नविल बैंक चान्देवका शाखा प्रमुख बेद प्रकाश बडुले हस्तान्तरण गर्नु भएकाे थियाे ।

हस्तान्तरण कार्यक्रम मा बिध्यालयका प्र अ रामप्रसाद जाेशी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवभक्त मिश्रले बैंक लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि बैंक सँग सहकार्य गरि बिध्यार्थी हरुमा बैंकिङ ज्ञान तथा बित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सँचालन गर्ने बताउनु भएको थियो भने वडा नं ६ का वडा अध्यक्ष हर्कनारायण जाेशीले बैंकले ग्रामिण क्षेत्रमा आफ्नो साखा संचालन गरि यश क्षेत्रका जनता लाई सरल बैंकिङ सुबिधा प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा बैँकको प्रगतिको शुभकामना दिनुभएको थियो।






