बेलौरी । कञ्चनपुरको बेलौरीमा उखु लोड गरिएको ट्याक्टर दुर्घटनामा परेको छ । आइतबार राती जिल्लाको बेलौरी नगरपालिका -१० शिवनगर स्थित महाकाली सुगर मिल गेट नजिक से २ त ३५५३ नम्बर ट्याक्टर दुर्घटनामा परेको हो ।
बेलडाडी तर्फबाट सुगर मिलमा उखु पुर्याउदा गेट नजिक रहेको सुतिया पुलबाट स्थानीय धन बहादुर सिंह र केसर सिंहको घरमा उखु ट्रली पल्टिएको छ। ट्र्लि खस्दा सिंहको किराना र मासु पसलमा क्षती भएको बताइएको छ ।
मिलमा उखु ल्याइ आएको ट्रली दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार ट्याक्टर चालक फरार रहेका छ्न ।
पुल भिरालो कारण दुर्घटना भएको स्थानीयले बताएका छन । सुतिया नलामा बनेको पुलले वर्षेनि दुर्घटनाको जोखिम बढाएको छ । गत वर्ष समेत सो स्थानमा ट्याक्टर दुर्घटनामा परेको थियो । पुल र मिल सम्म पुग्ने बाटो भिरालो भएका कारण दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन ।






