नरेश राना / कञ्चनपुर
कंचनपुरको लालझाडी गाउँपालिका वडा न. ४ डाङ्गा जाईको कन्चन जाई युथ क्लबद्वारा हुन गाइरहेको २० औं संस्करणको खुल्ला फूटबल प्रतियोगिता – २०८१ लाई लक्षित गर्दै स्थानिय सरकार लालझाडी गाउँपालिकाले खेल सामाग्री प्रदान गरेका छन् ।

लालझाडी गाउँपालिका पालिका अध्यक्ष श्री निर्मल राना र उपाध्यक्ष श्री सपना चौधरी रानाले क्लब लाई दिए ३ वटा फूटबल , १ सेट जाली र १ सेट पन्जा दिएका हुन् ।उनले खेल लाई सफल पार्न थप खेलकुद सामाग्री र जर्सी ब्यवस्था गर्ने, खेल मैदानको मर्मत सम्भारका लागि रोलर र पानी टंकी उपलब्ध गराउने प्रतिबद्धता गरे । लालझाडी गाउँपालिका को सहयोगले थप हौसला मिलेको क्लबले जनाएको छ ।






