नरेश राना / कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको कञ्चन जाई युथ क्लब ले यस वर्ष २० औं संस्करणको फुटबल प्रतियोगिता गर्ने भएको छ। माघी मिलन को अवसरमा १९ औं संस्करण सम्मा प्रत्येक वर्ष निरन्तरता दि रहेको तर कारण बस केही वर्ष खेल खेलाउन नसिकिएको हुनाले यस वर्ष देखि फेरि निरन्तर माघी पर्व को उपलक्ष्य मा  फुटबल प्रतियोगिता हुने कञ्चन जाई युथ क्लब का संयोजक राम कृष्ण राना ले बताउनु भएको छ।

कञ्चन जाई युथ क्लव द्वारा २०औं संस्करणको फुटबल प्रतियोगिता को प्रथम पुरस्कार ६६,६६६ रहने छ भने दोस्रो पुरस्कार ३६,६६६ साथमा  सानदार ट्राफि ,मेडल ,प्रमाण पत्र दिइएने छ। प्रतियगितामा मा इन्ट्री फि ५,५५५ साथै इन्ट्री गर्दा ५०%अग्रिम भुक्तानी गर्नु पर्ने आयोजक ले जानकारी गर्नु भएको छ