नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं १ मा रहेको श्री कृष्ण सामुदायीक वन उपभोक्ता समूह को ८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सभापति श्री कृष्ण सामुदायीक वन उपभोक्ता समूह का अध्यक्ष दिनेश राना रहनु भएको थियो।

प्रमुख अतिथि नि वर्तमान गाउँपालिका अध्यक्ष मदन सेन बडायक रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका का वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना , नी वर्तमान वडा अध्यक्ष छेमानन्द राना लालझाडी सब डिवीजन प्रमुख करुणाकर जोशी ,cfcc का उपाध्यक्ष नरेश भट्ट ,रहनु भएको थियो।कार्यक्रम मा श्री कृष्ण सामुदायीक वन उपभोक्ता समूह का सह सचिव शिवराज राना ले स्वागत मन्तब्य राख्नु भएको थियो ।




कार्यक्रम मा आय – व्याय प्रतिबेदन प्रस्तुत श्री कृष्ण सामुदायीक वन उपभोक्ता समूह की सचिव कला कन्द राना ले ९ लाख ९३ हजार बराबर को कारोबार प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम मा प्रमुख अतिथि ले यो सामुदायीक वन हाम्रो हो यसलाई संरक्षण गर्ने हाम्रो कर्तव्य हो र यो सामुदायीक बन् लाई हामी आउँदो वर्ष मा यो वर्ष भन्दा बढी प्रगाति गर्ने बताएका थिए ।





कार्यक्रम मा इमान्दारी उपभोक्ता र बृद्ध लाई न्यानो कपडा ,विद्यालय लाई २० थान बेन्च र सम्मान पत्र , राष्ट्रिय आधारभुत बिद्यालय का बाल क्लास देखि आठ सम्म प्रथम हुने विद्यार्थी लाई पुरुस्कार र गाउँ का भलमन्सा र पधना लाई कचेहेरिका लागि पच्चीस थान कुर्सी बितरण र अथिती हरुलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि ,उपभोक्ता सदस्य,समाजसेवी ,बुद्धिजीवी, भलमन्सा,शिक्षक,समिति का पदाधिकारीहरु को उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन विष्णु चौधरी ले गरेका थिए ।







