नरेश राना / कञ्चनपुर 

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ ,५ र कृष्णपुर नगरपालिका वडा नं ३ रहेको वैजनाथ ग्रामीण विद्युत सहकारी संस्था लि को १७ औं वार्षिक सम्पन्न भएको थियो। कार्यक्रम मा सभापति वैजनाथ ग्रामीण विद्युत सहकारी संस्था लि का अध्यक्ष रामदास राना रहनु भएको थियो।

प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं ५ का अध्यक्ष पहल बहादुर थापा रहनु भएको थियो भने विशिष्ठ अतिथि केन्द्रीय विद्युत सहकारी संघ का अध्यक्ष गोविन्द भट्ट ,पूर्व गाउँ विकास अध्यक्ष तनुक लाल चौधरी , कैलाली कञ्चनपुर क्षेत्रिय सहकारी को सहा सचिव माया राम शर्मा रहनु भएको थियो।

कार्यक्रम मा  सहकारी का सचिव नवीन अवस्थी ले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रम मा आय व्याय प्रतिबेदन प्रस्तुत कार्य समिति का कोषाध्यक्ष लक्षविरा रानाले १९ लाख १५ हजार ६ सय ७५ बराबर को कारोबार प्रस्तुत गर्नु भएको थियो। प्रमुख अतिथि ले यस संस्था लाई वडा बाट साझेदारी मा केहि बजेट छुट्याएका छौ। कार्यक्रम सञ्चालन हेमन्त राना ले सञ्चालन गर्नु भएको थियो।