नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ कञ्ज मा रहेको भानु माध्यमिक विद्यालय लाई करिदास को सहयोग मा नीडस नेपाल को आयोजनामा भानु माध्यमिक विद्यालय लाई साउण्ड सिस्टम, पिटी ड्रम सेट ,भलिबल , साथै २१ जना गरीब तथा विपन्न विद्यार्थी लाई झोला, स्कूल ड्रेस, स्टेसनरी हरु वितरण गरिएको छ । कार्यक्रम मा सभापति निडस नेपाल का अध्यक्ष दुर्गा खरेल रहनु भएको थियो। प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, विशिष्ठ अथिति लालझाडी गाउँपालिका का उपाध्यक्ष सपना चौधरी राना, २ नं को वडा अध्यक्ष आशा राम राना अथिति भानु
माध्यमिक विद्यालय का विद्यालय व्यवस्थापन का अध्यक्ष
प्रकाश राना ,प्रधानाध्यापक वेद प्रसाद उपाध्याय,रहनु भएको थियो।




कार्यक्रम मा करिदास का अधिकृत छेगु राम चौधरी स्वागत मन्तब्य राख्नु भएको थियो भने आउँदा दिनमा यस्तै कार्यक्रम मा सहयोग गर्ने बताएका थिए ।कार्यक्रम मा प्रमुख अतिथि ले यी दुइटै संस्था लाई धन्यवाद दिँदै र यो विद्यालय लाई पालिका बाट हुने सहयोग गर्ने बताएका थिए।कार्यक्रम निडस नेपाल का कृषि प्रबधिक अधिकृत दीपक चौधरी ले सञ्चालन गर्नु भएको थियो।









