उमेश राना/कैलाली: लालझाडी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/२०८१ मा उखु खेती गरेका किसानहरूलाई आफ्नो विवरण दर्ता/नवीकरण गर्न आग्रह गरेको छ।

गाउँपालिकाको कृषि शाखाले जारी गरेको सूचनामा उखु किसानहरूले आफ्नो विवरण दर्ता/नवीकरण गर्न छुटेका र दर्ता/नवीकरण भई विवरण सच्याउनु पर्ने किसानहरूले ७ दिन (मिति २०८१/०९/१४ गते) भित्र यस गाउँपालिकाको कृषि शाखामा आफ्नो विवरण अनिवार्य रुपमा दर्ता/नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।