कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. –७ मा रहेको नवज्योति कृषि सहकारी संस्था लिमिटेडले आगामी पुष १९ गते आफ्नो ५औँ अधिवेशन तथा १६औँ वार्षिक साधारण सभा गर्न लागेको छ ।

संस्थाका अध्यक्ष श्री सीता राम रानाका अनुसार, उक्त सभा बिहान १०:३० बजे देखि संस्थाको कार्यालयमा नै हुनेछ । सभामा संस्थाको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन अनुमोदन, कार्यसमितिले गरेका कार्यहरुको अनुमोदन, आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय प्रतिवेदन, सेयर सदस्यहरुलाई बोनस वितरण, कर्मचारी बोनस वितरण, संस्थाका कार्यविधि तथा विनियम संशोधन, वित्तीय संस्था तथा बैंकसँग सहुलियत कर्जा लिने सम्बन्धमा, कार्यसमितिलाई अधिकार प्रत्यायोजन, लेखापरिक्षण नियुक्ति र पारिश्रमिक, साधारण सभा खर्च अनुमोदन, सदस्यता कार्यविधि र निर्वाचन कार्यविधि अनुमोदन, निर्वाचन, विविध र निर्णय पुस्तिकाको अन्तिम हस्ताक्षर गर्ने सम्बन्धमा छलफल हुनेछ ।

सबै सेयर सदस्यहरुलाई सभामा उपस्थित भई छलफल तथा निर्णय प्रक्रियामा सहभागी हुन संस्थाले अनुरोध गरेको छ ।