धनगढी,११ चैत
रोजगारिको शिलसिलामा भारत गएका नेपालीहरु बिस्वभरी नै महामारी को रुपमा फैलिरहेको कोरोनाबाट त्रसित भै आफ्नो घर फर्किने क्रम जारी छ । नेपाल र भारतका सिमानाकाहरु बन्द गरिएका छन त्यस्तो अवस्थामा सुदुर्पस्चिम प्रदेशको मुख्य नाका गौरिफन्टामा सयौं नेपालीहरु हिजो देखि अलपत्र परेका छन ।

केहिबेर अघि जबर्जस्ति नेपाल प्रबेश गर्न खोज्दा तनावग्रस्त रहेको सो क्षेत्रमा खान, बस्न र पिउने पानीको हाहाकार भएपछि विभिन्न दाता, सहयोगी, स्वयंसेवक, नेतृत्व हरुको अगुवाइमा निजि क्षेत्रबाट राहत बितरण गरिएका छन । राहत स्वरुप लकडाउनको अबस्थामा समेत सोना वाटर एन्ड आइस इन्डिस्ट्रीजले अस्पताल, भन्सार गौरिफन्टा नाकामा निसुल्क पिउने पानीको ब्यबस्था मिलाएको जानकारी उद्योगका संचालन जगदीश सिंह रानाले बताएका छन भने विभिन्न दाताहरूले चाउचाउ, चिउरा लगायतका खाजा प्याकेटहरु बितरण गरिरहेका छन ।







