धनगढी । प्रेस विज्ञप्ती प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरिरहेको प्रदेश युवा परिषद् एसईई आइडलको तेस्रो संस्करणको सेमिफाईनलको सम्पूर्ण तयारी पुरा भएको छ । सेमिफाईनल वि.सं. २०८१ बैशाख १५ गते ओम प्यालेस धनगढीमा आयोजना हुँदैछ ।

सेमिफाईनलमा नृत्य तर्फका ३७ र गायन तर्फका ३० जना प्रतिस्पर्धी विद्यार्थीले प्रवेश पाएका छन् । सेमीफाइनलमा वि.स. २०८० मा एसईईको परीक्षा दिएका र अब कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले निःशुल्क प्रवेश पाउनेछन् भने परीक्षाको प्रवेश पत्र भए मन परेको प्रतिस्पर्धीलाई निःशुल्क भोट पनि गर्न पाउनेछन ।

वि.सं. २०८० सालमा एसईई दिएका विद्यार्थीहरु मात्र सहभागी भएको यस प्रतियोगिताका अडिसनहरु वि.सं. २०८० असोजबाट सुरु भएका हुन् । अब सेमिफाइनलबाट नृत्यका उत्कृष्ट १५ र गायनका उत्कृष्ट १५ जना विद्यार्थीहरुले फाइनलमा प्रवेश पाउनेछन् ।

फाईनल पनि वि.सं. २०८१ असार १ गते शनिबारका दिन ओम प्यालेस धनगढीमा आयोजना हुनेछ । फाइनलमा नृत्यको विजेता र उपविजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्तीका साथै थुप्रै गिप्mट ह्याम्पर हात पार्नेछन् भने गायन तर्फका विजेता र उप–विजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्तीका साथै थुप्रै गिप्mट ह्याम्पर हात पार्नेछन् ।

यसका साथै विजेता, उप–विजेता, अन्य प्रतिस्पर्धीहरुले पनि हात पार्नेछन्। यसका साथै कार्यक्रम हेर्न आउने वि.स. २०८० मा एसईईको परीक्षा दिएका र कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले निःशुुल्क चिठ्ठाबाट विभिन्न उपहार पनि पाउनेछन् ।