धनगढी । शिखर काफली समाजको समन्वय एंव सहकार्यमा शिखर काफली भजन संगीत गीतको शनिबार अत्तरियामा छायांकन गरिएको छ ।

डोटीको शिखर काफली गर्खा क्षेत्र भित्रको कला,भाषा,भेषभूषा,देबी देबताको पूजन,सास्कृतिक पहिचान सहितको धमारी,फाग,देउडाको संरक्षण एंव सम्बद्धर्न गर्ने उद्घेश्यले शिखर काफली भजनको छायांकन गरिएको समाजका अध्यक्ष बिष्णु महराले जानकारी दिनुभयो ।

उक्त गीतमा गायक पदम बोहराको शब्द रचना एंव स्वर छ भने गायिकामा धनसरा धामी,चन्द्रा महता र पदमा रानामगर रहेकी छन । सास्कृतिक कार्यक्रम पूर्ब राज्यमन्त्री टेक बहादुर रैका,अत्तरिया सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी,समाजसेवी राम महरा लगायत शिखर काफली समाजमा अाबद्घ सदस्यहरुको सहभागीता रहेको थियोे ।