धनगढी ।
यस पालिको फागु पुर्णिमा चैत ११ र १२ गते परेको छ । सुदुर पश्चिम प्रदेशका रानाथारुले सोहि दिन “होली” टिका मनाउने र यसको ८औँ दिन चैत १९ गते “खख्डेहरा पर्व ” मनाउने गर्दछन । रानाथारु सामुदायमा “होली” पर्वलाई महान पर्वको रुपमा मान्दै आइरहेका छन ।
यो सामुदायले यस पर्वलाई एक महिना आठ दिन ( माघशुक्ल पुर्णिमा देखि फागुपुर्णिमा र त्यस पछि आठ दिन ) सम्मा होली खेलेर मनाउने गर्दछन । यसै “होली” पर्व को उपलक्ष्यमा नेपाल रानाथारु समाज केन्द्रिय कार्यसमितिले होरी मिलन कार्यक्रम गर्ने भएको छ ।
फागुन ३० गते वसको केन्द्रिय समितिको बैठकले चैत १७ गते कञ्चनपुरमा होरी मिलन कार्यक्रम गर्ने र स्थानको लागि त्यहाँका भलमन्साहरु संग समन्वय गरेर राख्ने , त्यसकाे जिम्मेवरी कञ्चनपुर जिल्ला उपाध्यक्ष मनाेहर रानालाइ दिएकाे जानकारी केन्द्रिय उपध्यक्ष कमल सिंह रानाले जानकारी दिनुभयो ।
वहाँले भन्नु भयो यसको लगतै केन्द्रिय अधिवेशन गर्ने त्यसको लागि हामीले बिभिन्न व्यवस्थापिकिय उपसमितिहरु बनाएका छौ सम्भवत यसै चैत महिना भित्र केन्द्रिय महाधिवेश सम्पन्न गर्ने लक्ष्य राखेका छौ र चैत १ गतेबाट हामिले प्रतिनिधि छनौट गर्ने तिर लाग्छौ भन्ने जानकारी दिए ।







