कञ्चनपुरमा बन्चरो हानेर एक जना फरार भएका छन् । कृष्णपुर नगरपालिका–९मा आफ्नै मामाको छोरालाई बन्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ । शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बन्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ । उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बञ्चरो प्रहार गर्ने भुलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।