नरेश राना / कञ्चनपुर: बेलौरी नगरपालिकाले बरघर भलमन्सा ऐन पारित गरेको छ । नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले सो ऐन पारित गरेको जानकारी दिए ।





उनका अनुसार बरघर भलमन्सा ऐन बेलौरी नगरपालिका क्षेत्रभित्र प्रचलनमा रहेको आदिवासी राना वा थारुहरुको सामुदायिक संगठन तथा परम्परागत भलमन्सा प्रणालीलाई अभिलेखिकरण, संरक्षण, प्रवद्र्धन, विकासमा टेवा पुग्ने छ ।
भलमन्सा प्रणालीको अभ्यास प्रचलनमा रहेको गाउँको विकास निर्माण कार्य, गाउँमा शान्ति सु-व्यवस्था, आपसी सहयोग, सहकार्य, एकता र सामुहिक पद्धतिलाई कायम गर्न भलमन्सा प्रणालीलाई अभैm सशक्त र प्रभावकारी बनाउन ऐन निर्माण गरिएको नगरप्रमुख चौधरीको भनाई छ ।
उनले पालिकाबाट बरघर भलमन्सा ऐन संरक्षण, सम्बद्र्धन र विकास ऐन २०७८ पारित गरेको जानकारी दिए ।







