नेपाल रानाथारु समाज कैलाली जिल्लाले चौथो रानाथारु सुचिकृत (पहिचान) दिवस, दिप प्रज्वालन गरी सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष लालबहादुर रानाको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी नेपाल रानाथारु समाज केन्द्रिय उपाध्यक्ष कमल सिंह राना रहनु भएको थियो ।

उपाध्यक्ष रानाले भन्नु भयो रानाथारुको विकासका लागि एकता हुन एकदम जरुरी छ । धनगढी उपमहानगर पालिका वडा नं. १० मा रानाथारुको सतप्रतिसत बसोवास रहेको वडा हो र भुइयाँघाट गाउँको नाम घुइयाघाट भन्दा गाउँकै पहिचान मेटिने गरी भएको छ यसलाई सम्बन्धित निकायमा सच्याउन लगाउनु पर्छ । अर्को कुरा वडा नं. १० शहिद होरीलालको गाउ भएकोले यस वडामा शहिद होरीलालको नामले शहिद गेट निर्माण गर्न सवै अगुवा र नेताहरु लाग्नु पर्ने बताए , वहाँले भन्नु भयो रानाथारु युवाहरु कुलतमा फस्दै जादाँ चिन्ताको विषय भएको छ यसलाई समयमा निवारण गर्न तिर लाग्नु पर्दछ उपाध्यक्ष रानाले भने अव, हामीले सुचिकरण दिवस वन्द कोठा भित्र मनाएर हुदैन यसलाई सहि अर्थमा समाजमा बुझाउन जरुरि छ बताउनु भयो ।

कार्यक्रमका विशिष्टअतिथी नेपाल रानाथारु समाजका केन्द्रिय महासचिब भक्तराज रानाले भने २०७६ माघ २० गते नेपाल सरकारले रानाथारु हरुलाई आदिवासी जनजातीको ६०औ नंम्बरमा सुचिकृत गरेको थियाे । आजको दिनकाे खुशिमा हामीहरूले आ(आप्नो घर चोकमा दिप प्रज्वलन गरेर मनाउनु पर्ने वताउनु भयो ।

धनगढी उपमहानगर पालिका वडा नं. १७ का वडा अध्यक्षले भने अगामी दिनमा नेपाल रानाथारु समाजले याे महात्वपुर्ण कार्यक्रम गर्नु पुर्व वडा अध्यक्ष र नागरीक समाजका अगुवाहरुलाई राखेर सरसल्ह गरेर भव्यरुपमा मनाउनु पर्ने वताए ।

त्यसैगरी वडा नं. १० का वडा अध्यक्ष शिव कुमार रानाले भने आजको दिन रानाथारु सामुदायको लागि महात्वपुर्ण दिन हो सयौ वर्ष पछिको उपलब्धि हो यसलाई चाडपर्वकै रुपमा मनाउनु पर्छ भनेर वताउनु भयो । कार्यक्रममा केन्द्रिय समिति , जिल्ला समितिका पदध्यकारी र गाउका वुद्घिजीविहरुको उपस्थिती रहेको थियो ।







