नरेश राना / माघ १४ आईतबार। आइसी वाइ सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको ६ औं संस्करणका ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता को फाइनल खेल माघ १५ गते हुने भएको छ ।फाइनल खेलमा आयोजक रातो र कोहिनुर spa टीम भिड्ने भएका छन्। इटाहा चारपाते युवा क्लबको आयोजनामा देखतभुलिको खेलमैदानमा सञ्चालनमा रहेको छैठौं आई सि वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि हुने आयोजकले बताएको छ।
कञ्चनपुर जिल्ला स्थित रहेको ईटाहा चारपाते युवा क्लबको आयोजनामा ६ औं आईसी वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को आयोजना देखतभुलिको खेलमैदानमा छैठौं संस्करणको समापन माघ १५ गते एक कार्यक्रमका साथ हुने प्रतियोगिता संयोजक रामदाश रानाले जानकारी दिएका छन् ।
प्रतियोगिताको पाचौं संस्करणमा प्रथम लाई ७१ हजार १ सय ७१ पुरस्कार राशी रहेको थियो भने यो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको छ। जसमा १ लाख १ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र रहेको छ। उपविजेता टिमले ५५ हजार १ सय ५५ रुपैया पुरस्कार राशी तोकिएको आयोजकले बताएको छ।
विभिन्न विधाका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ। प्रतियोगितामा लालझाडी गाउपालिका वडा न.०५ मुख्य प्रवर्द्धक रहेको छ भने , समन्वय सहयोग लालझाडी गा.पा. र कृष्णपुर न.पा. वडा नं.३ को रहेको छ। यस अघि भएको ५ औं संस्करणको उपाधि सनि युनाइटेड देखतभुलीले जितेको थियो ।







