नरेश राना, वेलाैरी । बिहीबारदेखि बेलाैरीकाे खुला मञ्चमा जारी माघ म्याला ०८० सम्पन्न भएको छ । “राष्ट्रिय एकताम विविधता हमार शान, थारु भाषा संस्कृति बचैना हमार अभियान” भन्ने मूल नाराका साथ विगत तीनदिन देखि जारी माघ म्याला शनिबार सम्पन्न भएको हाे ।
थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको माघी पर्व यसवर्ष पनि भव्यताका साथ सम्पन्न गरिएको आयाेजक थारु कल्याणकारिणी सभा नगर अध्यक्ष खडक चाैधरीले बताए । उनले कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी हातहरु प्रति धन्यवाद व्यक्त गरेका छन् ।

यहीँ पाैष २६ गते नेपाल सरकार पूर्वखानेपानी मन्त्री बिना मगरद्वारा उद्घाटन गरिएको मेला शनिबार बेलाैरी नगरपालिका प्रमुख पाेतीलाल चाैधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हाे । माघी मेलालाई सम्वाेधन गर्दै नगर प्रमुख चाैधरीले भने – “यस पर्वलाई हर्षाेल्लासका साथ भव्य र सभ्य रुपमा सुसम्पन्न गरेकोमा आयाेजक प्रति आभार व्यक्त गर्दछु ।, मेयर चाैधरीले थारु समुदायको कला भाषा संस्कृति संरक्षण लागि स्थानीय सरकारले सधैं सहयोगी भूमिका निर्वाह गर्ने जनाए ।

आगामी दिन माघी मेलालाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने बताउँदै उनलेे भने, – ”जसबाट बेलाैरीकाे आन्तरिक पर्यटन र व्यवसायलाई समेत टेवा पुगाेस् ।, यस्तै, माघी मेला समापन समारोहलाई सम्वाेधन गर्ने अधिकांश वक्ताले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई प्रवर्द्धन तथा प्रायाेजन गरी सहयोग पुर्याउनुहुने विभिन्न व्यवसाय एवम् संघसंस्थालाई कदर पत्र सहित सम्मान गरिएको मेला मूल आयाेजक समितिले जनाएको छ ।
मेलामा थारु कला र संस्कृति झल्किने पहिरन सहित स्थानीय एवम् राष्ट्रिय कलाकारहरुले दर्शककाे मन लाेभ्याएका थिए । लगत्तै माघ १ गते बेलाैरी नगरपालिका वडा नम्बर ५ सुदर्शनपुरमा एकदिने माघी विशेष वृहत् सांस्कृतिक कार्यक्रमकाे तयारी गरिएको आयाेजक गाेचाली कृषक समूहलाई उदृतगर्दै स्थानीय कृष्ण गम्वाले जनाए । उनले उक्त कार्यक्रममा सहभागी हुन सबैमा अपिल समेत गरेका छन्







