धनगढी। कैलारी गाउँपालिका वडा नं ५ सिमान्तकृत कुमाल समुदायको बसोबास रहेको बन्दरगौडीमा बाढी डुबानको जोखिम न्यूनीकरणका लागि बिपद जोखिम पूर्व तयारी, प्रतिकार्य योजना अनुरुप समुदायमा अाधारित बिपद टास्क फोर्स(कार्यदल) गठन गरिएको छ कैलारी गाउँपालिकाको समन्वय,KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त कार्यक्रम अायोजना गरिएको हो ।

बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले उक्त टास्क फोर्स गठन गरिएको स्थानीय कुमाल समुदायकि अगुवा संगीता कुमाल ले जानकारी दिनुभयो । उक्त अवसरमा संगीत कुमाल को अध्यक्षतामा बन्दरगौडी बिपद ब्यवस्थापन मूल समिति,पवित्रा परियारको संयोजकत्वमा पूर्व सूचना टास्कफोर्स,सूर्य कुमाल को संयोजकत्वमा खोज तथा उद्घार टास्क फोर्स र गुलाली कुमाल को संयोजकत्वमा प्राथमिक उपचार टास्क फोर्स गठन गरिएको छ ।

उक्त क्षेत्रमा बर्षाको समयमा वरपरका स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ । टास्क फोर्स गठन कार्यक्रममा कैलारी गाउँपालिका वडा न ५ का वडा सदस्य पवित्रा परियार ले पालिकासंगको सहकार्यमा संस्थाले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा अत्यन्तै राम्रो कार्यहरु गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले टास्क फोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा अाफूहरुले पनि सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमको सहजीकरण बहुउद्देश्यीय बिकास समाजका डिअारअार एक्सपर्ट अफिसर राजेन्द्र रैका,प्रदिप पन्त ले गरेका थिए । कार्यक्रममा बहुउद्देश्यीय बिकास समाजका सामाजिक परिचालक सर्मिला चौधरी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रम कुमाल समुदायका अगुवा गुलाली कुमालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।