नरेश राना/ कञ्चनपुर: कञ्चनपुरको लालझाडीमा पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु; सभाध्यक्ष गाउँ खेलकुद समिति संयोजक प्रकाश राना, प्रमुख अतिथी कञ्चनपुर ०१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, विशिष्ट अतिथिमा गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, गाउँपालिका निवर्तमान अध्यक्ष मदन सेन बडायक, वडा नं. ०४ का अध्यक्ष बहादुर राना, शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट, कञ्चनपुर जिल्ला खेलकुद अध्यक्ष कुबेर खडका, लालझाडी ०४ बैजनाथ विद्यालय प्रधानाध्यापक गणेश राज जोशी, कराते प्रशिक्षक विमल खडायत लगायतको उपस्तिथि रहेको थियो।


आज उद्घाटन खेलमा १५ मिटर छात्र तर्फको फाईनल दौड प्रतियोगिता सम्पन्न भएको भने प्रथम हुनेमा सरस्वती मा.वि छोटी पर्सिया का अजय चौधरी(४.५९) रहेका छ्न् र १५ मिटर छात्रा तर्फ सोही विद्यालयकै ममता चन्द(६.०५ मिनेट) रहेकी छिन्। साथै आज नै छात्रा र छात्र तर्फ १०० मिटर दौडा र सटपुट प्रतियोगिता पनि भएको छ। यो प्रतियोगिता आउने यहि पुस २० गते समापन गरिने छ।