नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं २ को सन्देश AG चर्च मा लालझाडी गाउँपालिका स्तरीय कञ्चनपुर ईसाई समाज शाखा समिति लालझाडी द्वारा मंगलबार ख्रीष्टमसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शीर्षक,,आज दाऊदको शहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ ,जो ख्रीष्ट प्रभु हुनु हुन्छ (लुका :-२:११)कार्यक्रममा सभापति कञ्चनपुर ईसाई समाज शाखा समिति का अध्यक्ष भीम चौधरी रहनु भएको थियो।कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका का उपाअध्यक्ष सपना चौधरी राना, वार्ड का वार्ड अध्यक्ष प्यारे लाल राना, आशाराम राना, टीकाराम डगौरा, बहादुर राना, पहल बहादुर थापा, हर्क नारायन जोशी, वार्ड सदस्य, भल्मन्सा ,शिक्षक,पत्रकार साथै २७ चर्चका पास्टरहरुको उपस्थिती रहेको थियो।

स्वागत मन्तव्य जीवन ज्योति चर्च का रे.पास्टर चेतराम रानाले स्वागत मन्तब्य दिनु भएको थियो।रे.पास्टर महेन्द्र चौधरी यो कार्यक्रम को वक्ताले लुका २ः१०-११ बाट मानव जातिको उद्धारको लागि येशु जन्मिनु भएको र उहांको आगमन सवैलाई शान्ती र आनन्द दिनलाई थियो भनि ख्रीष्टमस सन्देश बाड्नु भएको थियो।

स्थानीय सरकारको जवाफदेहिता ईसाई धर्मावलम्बीहरूको महान पर्व को उपलक्ष्यमा स्थानिय विदा दिइएकोमा गाउँपालिका परिवारलाई हृदय देखिनै धन्यवाद ज्ञापन गर्दै ख्रीष्टमसलाई भित्र हृदयदेखि नै स्वागत गरौं, सानो ठूलो धनी गरीव सबैलाई समेटौं र एउटै मनको भई ख्रिष्टको सु–सन्देशको प्रचार गरौं , भन्दै रे .पास्टर महेन्द्र चौधरी ख्रीष्टमस सन्देश बाड्नु भएको थियो।

प्रमुख अतिथि ले हाम्रो पालिका का जन प्रतिनिधि,कार्यपालिका र ईसाई समाज शाखा संघ सहकार्य गरी आउने दिनमा कसरी जाने यो ईसाई समाज शाखालाई हामी प्रभुको महिमा भएर हामी यहाँ सम्म आएका छौ। कार्यक्रम पास्टर सुक राम रानाले सञ्चालन गर्नु भएको थियो।