कैलाली । प्रथम रानाथारु भाषा-साहित्य सम्मेलन -२०८० शनिवारका दिन एक कार्यक्रमका विच सम्पन्न भएकाे थियाे । कार्यक्रम राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा संयोजक पदम रानाको अध्यक्षतामा भएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व वन तथा वातावरण मन्त्री मा. नारदमुनी राना , विशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका मातृ भाषा(साहित्य) विभाग प्रमुख राजन मुकारुङ्ग , अतिथी नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम राना, नेपाल रानाथारु समाजका पुर्व अध्यक्ष तथा रानाथारु समुदायकि प्रथम पि.एच.डी होल्डर डा. जीवन राना, धनगढी उ.म.न.पा. कि उप-प्रमुख कन्दकला राना , कृष्णपु्र न.प. मेयर हेमराज ओझा , उप-मेयर द्रोपती राना , नेपाल तथा भारतका रानाथारु बुद्धिजिवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, इतिहास विद, भाषा विदहरुको सहभागितामा रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष नारायन रानाले व्यक्त गरेका गर्नु भएकाे थियाे भने कार्यक्रममा रानाथारुको संस्कृतिको कार्यपत्र डा. जीवन राना , रानाथारु इतिहासको कार्यपत्र डा. नरेश राना र रानाथारु भाषाको अवस्थाको कार्यपत्र कमल सिंह रानाले प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा रानाथारु भाषाको पहिलो किताब(जगनकृत गितमाला) प्रकाशन गर्ने ब्याक्तित्व स्व: जगना राना , नेपाल रानाथारु समाजको संस्थापक स्व: लाल बहादुर राना , रानाथारु समुदायबाट पहिलो मन्त्री स्व: लबरु रानाथारुलाई मरणोप्रान्त सम्मान गरिएको थियो । उक्त कार्यक्रममा रानाथारु समुदायबाट पहिलो पि.एच.डि. उपाधी प्राप्त गर्ने डा. जीवन रानालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यक रचना बाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरण बारे गहन छलफल भएको छ । साथै लोक सांस्कृतिक प्रस्तुती एवं स्रष्टाहरुलाई सम्मान पनि गरेको भनेर कार्यक्रमका संयोजक पदम रानाले बताएका हुन ।

कार्यक्रम संचालन संस्थाका सचिव भानु प्रताप रानाले संचालन गरेका हुन ।