नरेश राना/कञ्चनपुर: लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।

एमाले लालझडाी गाउँ कमिटीले अध्यक्ष राना सहित खेमराज ओझालाई सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो । अध्यक्ष राना २०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हुन् । लालझाडीमा दुई जना प्रतिनिधि चयन भएका छन् ।