नरेश राना/कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं.७ बरहुइया गाउँमा मिति २०८० सावन १ गते सामनको डोला तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य तथा सु.प. प्रदेश सभा सदस्य मा. दिवान सिंह विष्ट विशिष्ट अतिथी बेलौरी नगरपालिका नगर उप-प्रमुख जोगराम चौधरी , बेलौरी वडा नं ७/८ का वडा अध्यक्ष नेपाल रानाथारु समाजका जिल्ला उपाध्यक्ष मनोहर राना, बेलौरी नगर भलमन्सा पढना संयोजक सुरेश बडायक, समाजसेवी, बुद्धिजीवी, भलमन्सा, नगरबासीको उपस्थितिमा र कार्यक्रम समितीका अध्यक्ष पुरन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।






