कैलाली: कञ्चनपुरको कृष्णपुर नरपालिका वडा नं. ४ मा विश्व खेलकुद दिवसको उपलक्ष्यमा सितोरियो कराते डो कार्यक्रम सम्पन्न भएको छ ।

सितोरियो कराते डो कार्यक्रम वडा नं. ४ को आयोजनामा भएको थियो भने लाली गुराँस युवा क्लबले सहयोग गरेको थियो ।

उक्त कार्यक्रम मा प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उप-प्रमुख द्रोपती राना रहनु भएको थियो भने विशिष्ठ अतिथि वडा नं. ४ का वडा अध्यक्ष धर्म सिंह, वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेय, कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का लगायत समाजसेवीको उपस्थि रहेको थियो । भने कार्यक्रम लाली गुराँस युवा क्लबको अध्यक्ष प्रकास खड्काको अ्यक्षतामा सम्पन्न भएको थियो ।