बेलडाँडी गाउँपालिकाकाे बजेट ४६ कराेड ९५ लाख, शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा जाेड
२०८० असार १० गते आईतवार मा प्रकाशित
1K
Shares
नरेश राना/कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ४६ करोड ९५ लाख ७७ हजार रूपयाँ बराबरको बजेट ल्याएकाे छ ।
आइतबार गाउँपालिकाकाे १३ औं गाउँ सभा अधिवेशनबाट ४६ कराेड ९५ लाख ७७ हजार आठ सय २३ रूपयाँ बराबरकाे बजेट प्रस्तुत गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज जाेशिले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
उहाँका अनुसार आगामी बजेटलाई कृषि , शिक्षा , स्वास्थ्य , स्वरोजगार, कृषि उत्पादन र आत्मानिर्भर , स्वच्छ खानेपाने, सार्वजनिक सेवाको सुदृढीकरण र सुशासनको प्रत्याभुती, लैगंगिक समानता र सामाजिक सामानान्तरण आदीलाई प्राथिमिकता निति तथा कार्यक्रममा राखेर बजेट निर्धारण गरिएकाे बताउनु भयाे ।