नरेश राना/कञ्चनपुर ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ देखतभूली बस्ने धन बहादुर रानाको छोरा अन्दाजी वर्ष १७ को सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको छ।
कैलालीको चिसापानी मा ठेकेदार मार्फत विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको वार्ड न ४ का वार्ड सदस्य लभ देव रानाले जानकारी दिनुभएको थियो।
मृत्यु हुने सञ्जय रानाको शव टीकापुर हस्पिटल मा रहेको र आज बिहान बिहीबार ८ बजे तिर घर लियाउने तयारी भइरहेको वार्ड सदस्य रानाले जानकारी दिएका छन्।






