नरेश राना/कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको कञ्चन जाई खेलकुद विकास समितिलाई लालझाडी गाउँ खेलकुद विकास समितिले फुटबल तथा भलिबल हस्तान्तरण गर्नु भएको छ।

लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको कञ्चन जाई खेलकुद विकास समितिलाई, कञ्चन जाई खेलकुद विकास समितिका अध्यक्ष राम कृष्ण राना तथा वार्ड नं ४ का वार्ड सदस्य लभ देव रानाले संयुक्त रूपमा फुटबल तथा भलिबल हस्तान्तरण गर्नु भएको थियो। स्वास्थको लागि खेलकुद राष्ट्रियको लागि खेलकुद भन्ने मूल नारा सँगै यस खेलकुद विकास समितिले आफ्ना खिलाडीलाई विभिन्न ठाउँमा लगी खेलाडी खेल खेलाउने र आफ्नो यो टीमलाई लालझाडीको नाम कमाउने उदेश्यले यो फुटबल हस्तान्तरण गरिएको बताएको छ।


खिलाडीहरुले खेलप्रति एक दमै अनुशासनमा रही खेल खेल्ने हो भने भोलिको दिनमा खेलाडीलाई हुने आबस्यकताहरु मा जोड़ दिने कञ्चन जाई खेलकुद विकास समितिका अध्यक्ष राम कृष्ण रानाले बताउनु भयो।