नरेश राना/कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका मा विभिन्न विद्यालय मा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। बालविकासको अभिभावक संग अन्तरक्रिया कार्यक्रम मा आफ्ना बालबालिका लाई शिक्षा तर्फ कसरी आकर्षित बनाउने भन्ने विषयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको शिक्षा शाखा अधिकृत सिद्ध राज भट्टले जानकारी गराउनु भएको थियो।

सचेतना तथा गुणस्तरिय विद्यालय र समुदायको समन्वय मजबूत बनाउने अभिभावक प्रति विद्यालय जबाफदेही बनाउने सामग्री वातावरण जस्ता कुरामा अभिभावकले विद्यालय र विद्यार्थी को सुनौलो भविष्यमा शिक्षा को महत्पूर्ण रहेकोले विभिन्न विद्यालयहरुमा बालविकास का अभिभावक लाई अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेका अधिकृत भट्टले जानकारी गराउनु भएको थियो। सो कार्यक्रम सोमबार लालझाडी गाउँपालिका वार्ड नं ४ को श्री बैजनाथ आधारभूत विद्यालय डाङगा जाई मा ४० जना अभिभावको सहभागिता मा सम्पन्न भएको थियो। कार्यक्रमलाई शिक्षा शाखा अधिकृत सिद्ध राज भट्टले प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण रानाको सभाध्यक्षमा सम्पन्न भई सो कार्यक्रमलाई अभिभावक, शिक्षक तथा विद्यार्थीलाई कसरी शिक्षाको नियम ,विद्यार्थीको अनुशासन ,शिक्षकको पढाइ प्रति मा जोड़ दिई सहजीकरण गर्नु भएको थियो। त्यस्तै लालझाडी गाउँपालिका मा अहिले यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको र पालिका भरी बालविकास मा केन्द्रित रही कम्तीमा ४०० अभिभावक सँग शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ।