नरेश राना /कञ्चनपुर, १० जेठ । हिजो मध्यरातमा आएको हावाहुरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा रुख ढल्दा दुईजना घाइते भएका छन् ।

रुख ढल्दा घाइते हुनेमा अन्दाजी २१ वर्षका गणेश चौधरी र सोही उमेरका हेलु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गणेश गम्भीर रुपमा घाइते छन् । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

हावाहुरीबाट कञ्चनपुरको विद्युत आपूर्ति बन्द छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका अनुसार विभिन्न ठाउँमा विजुलीका पोल भाँचिएका छन् । तिनको मर्मत गरेर विद्युत सेवा सुचारु हुन केही समय लाग्ने केन्द्रले जनाएको छ ।