नरेश राना /कञ्चनपुर, ०९ जेठ । यस बर्ष कक्षा ११ को परीक्षा लेटर ग्रेडिङ्ग निर्देशिका अनुरुप संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लेटर ग्रेडिङ्ग निर्देशिका अनुरुप संचालन गर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कैलालीका कार्यालय प्रमुख उत्तमदेव विष्टले कक्षा १२को परीक्षा शान्त मार्यादित व्यवस्थित र अनुशासित रुपमा सम्पन्न भएको बताए । कक्षा ११को परीक्षा जति विषयमा एनजी अर्थात नन ग्रेट आयो, उति विषय नै परीक्षा दिन पाउनेछन । आन्तरिक तथा बाह्य आधारमा विद्यार्थीको नतिजा प्रशासित गरिनेछ ।
कक्षा ११ को आंशिक र ग्रेडबृद्धिको परीक्षा ९ जेठदेखि १८सम्म सचालन हुनेछ । सुप प्रदेशका ६५० विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ । आनशिक र ग्रेटबृद्धि परीक्षामा ०७२ देखि ०७६ सम्मका विद्यार्थी सहभागि हुन पाउने छन । नियमित परीक्षार्थीका लागि सम्बन्धीत विद्यालयले १५ जेठदेखि १५असारभित्र परीक्षा गर्न समय निर्धारण गरिएको छ । प्रदेशका ५१९ विद्यालय मध्ये ४१ हजार विद्यार्थी सहभागि हुनेछन । नियमित विद्यार्थीका लागि बढिमा दुई विषयसम्म ग्रेटबृद्धिको परीक्षा अवसर दिईनेछ । राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कैलालीको तथ्याङ्क अनुसार कञ्चनपुरमा ३ हजार ६८विद्यार्थी सहभागि हुने भएका छन ।






